Logo

प्राधिकरणले काट्यो जगदम्बा स्टीलको विद्युत, लाईन काटिएका उद्योगको संख्या ६ पुग्यो

प्राधिकरणले काट्यो जगदम्बा स्टीलको विद्युत, लाईन काटिएका उद्योगको संख्या ६ पुग्यो



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाराको सिमरास्थित जगदम्बा स्टीलको विद्युत् लाइन काटिदिएको छ । डेडिकेटेड ट्रंक लाईनकाे बक्याैता रकम नतिरेकाे भन्दै प्राधिकरणले बिहीबार उक्त उद्योगको विद्युत कटौति गरिदिएको हो ।

यसअघि प्राधिकरणले विभिन्न ५ उद्योगको विद्युत लाईन काटिसकेको छ । जगदम्बा स्टीलले विद्युत प्राधिकरणलाई डेडिकेटेड लाइनको बक्यौता रकमकाे २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी छ ।

खासगरी डेडिकेटेड ट्रंक लाइनको विवादका कारण उद्योगीहरुले प्राधिकरणलाई बक्यौता रकम तिर्न आनाकानी गरिरहेका छन् भने विद्युत प्राधिकरणले बक्यौता नतिर्नेको लाईन धमाधम काट्न थालेको हो । यसअघि मंगलबार ३ र बुधबार २ उद्योगको विद्युत लाईन प्राधिकरणले काटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL