Logo

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ मिल्समा लगानी गर्ने, भविष्यमा आईपीओ ल्याउने योजना

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ मिल्समा लगानी गर्ने, भविष्यमा आईपीओ ल्याउने योजना



काठमाडौँ । एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ मिल्स लिमिटेडबिच विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईएमबी एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे तथा जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक विष्णु न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

जगदम्बा स्पिनिङ मिल्सले निकट भविष्यमा आईपीओ ल्याउने योजना बनाएको छ । यसले कम्पनीको क्षमता ४० प्रतिशतले विस्तार गर्न सकिनेछ । हस्ताक्षर कार्यक्रममा बोल्दै क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पाँडेले भने, ‘उत्पादनको अधिकांश भाग निर्यात गर्ने जगदम्बा स्पिनिङ मिलसँग आबद्ध हुन पाउँदा एनआईबीएल इक्विटी पार्टनर्स निकै खुसी छ । हामी नेपालको अर्थतन्त्रलाई बढवा दिने र देशभित्रै रोजगारी सिर्जना गर्ने दिगो व्यवसायको विकासलाई सहजीकरण गर्न प्रतिबद्ध छौँ ।’ हामीलाई विश्वास छ कि नेपालमा जगदम्बा स्पिनिङ मिल्सजस्तो अझ धेरै संस्थाहरूको आवश्यकता छ ।”

त्यस्तै, मिल्सका प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘विस्तारको सम्भावना बोकेका कम्पनीहरूको लागि निजी इक्विटी लगानीको नयाँ श्रोत हो जसले उद्यमीहरूलाई उनीहरूको व्यवसायलाई नयाँ उचाइमा लैजान मद्दत गर्छ । जेएसएम नेपालको शीर्ष स्पिनिङ मिल बन्ने लक्ष्यमा छ र दक्षिण एसियामा आफ्नो व्यापार विस्तार गर्ने योजनामा छ । जेएसएमले सधैँ उच्च–गुणस्तरको धागो उत्पादन, उन्नत प्रविधि र दिगो अभ्यासहरूमा ध्यान केन्द्रित गरेको छ । यस लगानीले कम्पनीको वृद्धिलाई अघि बढाउन, यसको उत्पादन क्षमता बढाउन र दक्षिण एसियामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्य राखेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL