Logo

प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

प्रभु इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन १०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसका लागि एनआईसी एशिया क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनी र क्यापिटलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् । हाल प्रभु इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप–शाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्