Logo

७ प्रतिशत ज्यालामा गहना दिने रिद्धि सिद्धिको अफर निरन्तर, हिराको गहनामा शतप्रतिशत ज्याला छुट

७ प्रतिशत ज्यालामा गहना दिने रिद्धि सिद्धिको अफर निरन्तर, हिराको गहनामा शतप्रतिशत ज्याला छुट



काठमाडौँ । राजधानीको विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले ७ प्रतिशत ज्यालामा गहना दिने अफरलाई निरन्तरता दिएको छ ।

विगत २५ वर्षदेखि गुणस्तरीय सुनचाँदीको गहना बिक्री वितरण गर्दै आएको रिद्धि सिद्धिले असार १५ सम्म कायम गरिएको अफरमा आम उपभोक्ताले सकारात्मक प्रतिक्रिया आएको भन्दै यो अफरलाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । ज्वेलर्स आम ग्राहक वर्गको माया, साथ र समर्थनका कारण अहिले नेपालकै नम्बर १ ज्वेलरी ब्रान्ड बन्न सफल भएको कम्पनीको भनाइ छ।

‘रिद्धि सिद्धि ज्वेलर्सले गत २०८१ जेठ २४ गतेदेखि सुनको गहनामा जर्ती नलिने क्रान्तिकारी योजना लागू गरेको थियो। जसअनुसार ग्राहकबाट जर्ती बापतको कुरै खारेज गर्ने र ज्यालापनि १२ प्रतिशतबाट घटाएर ७ प्रतिशत मात्रै लिने निर्णय गरेको सर्वविदितै छ’, गुप्ताको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वघोषणा अनुसार असार १५ गते ७ प्रतिशत ज्यालामा गहना उपलब्ध गराउने योजना समाप्त भएपनिआगामी असार ३० गतेसम्म ७ प्रतिशत ज्यालामै गहना निरन्तर उपलब्ध गर्ने श्री रिद्धि सिद्धि ज्वेलर्स घोषणा गर्दछ।’

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा सम्पूर्ण विश्वमा छरिएका हाम्रा नेपाली दाजुभाइ, ग्राहकवर्ग सबैले विशाल बजारस्थित पलस नम्बर १ र १० मा रहेको श्री रिद्धि सिद्धि प्रति देखाएको अटूट विश्वासका लागि कम्पनीले धन्यवाद ज्ञापन गर्न गरेको छ । रिद्धि सिद्धिले आगामी दिनमा ग्राहकबाट अब ग्राहकबाट एक लाल पनि जर्ती नलिने भन्दै ज्यालाको हकमा पनि अत्यन्तै प्रतिस्पर्धी दर मात्रै लिने स्पष्ट पारेको छ । यसैबीच रिद्धि सिद्धिले अब हिराको गहनामा पनि असार ३० गतेसम्म अत्याधिक छुट दिन लागेको जानकारी गराएको छ ।

‘सम्पूर्ण नेपालीका घरघरमा हिरा जाओस्, यो आर्थिक वर्ष हिरामय रहोस् भनेर चालु आर्थिक वर्षको अन्त्यको अवसरमा हामीले हिराको गहनाको ज्यालामा शतप्रतिशत छुट दिने निर्णय गरेका छौं। यसको भरपुर फाइदा आम ग्राहकले लिनुहुनेछ भन्ने विश्वासमा श्री रिद्धि सिद्धि ज्वेलर्स रहेको छ’, विज्ञप्तिमा भनिएको छ । सुनको अत्याधिक मूल्यवृद्धिका साथै भन्सार दरमा समेत भएको वृद्धिका कारण उपभोक्तालाई परेको मारका बीच रिद्धि सिद्धिले ल्याएको जर्ती नलिने र ज्याला पनि ७ प्रतिशत मात्रै लिने निर्णयले केही भएपनि ग्राहकलाई राहत मिलेको कम्पनीको विश्वास छ।

यसैबीच रिद्धिसिद्धिले स्वतन्त्र व्यापार गर्ने अधिकार सबैलाई रहेको भन्दै त्यो अधिकार आफूले उपभोग गरिरहेको स्पष्ट पारेको छ । जर्ती नलिने घोषणा भएपछि केही व्यवसायीले विरोध गरेपछि रिद्धि सिद्धिले यस्तो बताएको हो । रिद्धि सिद्धिले राज्यको ऐन, नियम, कानुनलाई अनुसरण गर्दै आगामी दिनमा पनि विगतमा जस्तै ग्राहकको सेवामा हाजिर हुने प्रण समेत विज्ञप्तिमार्फत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL