Logo

आईएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट लाभांश पारित

आईएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट लाभांश पारित



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सोमबार काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांकेट क्याटरिङ एण्ड इभेन्टमा सम्पन्न भएको हो ।

सभाले सभाले गत आर्थिक वर्ष (आव)को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी चार अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ नगद गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले सञ्चालक आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिबेदन पारित गरेको छ ।यसैगरी, सोही सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९÷८० बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र अन्य वितीय विवरणहरु पनि पारित गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिमा एक जना सञ्चालकको निर्वाचन गर्ने, बोनस सेयर पश्चात् कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ कायम हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । साथै सोही सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL