Logo

सरकारले दाल चामलको अग्रिम आय कर फिर्ता नलिए व्यवसायी आन्दोलनमा उत्रने, महासंघको दरिलो साथ

सरकारले दाल चामलको अग्रिम आय कर फिर्ता नलिए व्यवसायी आन्दोलनमा उत्रने, महासंघको दरिलो साथ



काठमाडौं । उद्योगी व्यवसायीहरुले दालमा लगाएको अग्रिम आयकर फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । बुधबार दाल चामल र मैदा उद्योगका लागि कच्चा दाल गेडागुडीमा १० प्रतिशत धान र गहुँ आयातमा २.५ प्रतिशत लगाईएको अग्रिम आयकरले उद्योगलाई परेको प्रभाववारे आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य संघ विरगंजका अध्यक्ष अनिल अग्रवालले सरकारले उक्त अग्रिम आयकर फिर्ता नलिएमा उद्योगीहरु आन्दोलनमा आउने र कडा प्रतिवादमा उत्रने घोषणा गरे । उनले सरकारले तस्करीलाई प्रश्रय दिएको बताउँदै यथार्थ जिएसटी बिल मात्रै मान्नुपर्ने बताए । ‘सरकारले उक्त अग्रिम आयकर फिर्ता नलिएमा उद्योगीहरु आन्दोलनमा आउनेछन् वा कडा प्रतिबादमा उत्रनेछन,’ उनले भने, ‘यस्ता वस्तुहरुमा अग्रिम आयकर लगाएर सरकारले तस्करीलाई प्रश्रय दिएको भान भयो ।’

उनले भारतीय ट्रक सामान ल्याएर फर्कँदा बुझाउनुपर्ने १५ सय रुपैयाँ पनि पछि फिर्ता दिनुपर्ने बताए । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले पनि सरकारले बजेटमार्फत लगाएको दाल चामल तथा गेडागुडीको अग्रिम आयकर फिर्ता लिनुपर्ने बताए ।

महासंघमा पनि यसको बारेमा बहस भएको बताउँदै उनले यी सबैमा लगाईएको अग्रिम कर हटाउनुपर्नेमा जोड दिए । ‘हामीले यसबारेमा महासंघमा पनि बहस गरिरहेकै छौं,दाल चामल यी सबैमा लागेको अग्रिम कर हटाउनुपर्छ,’ उनले भने, ‘यदि नहटाएमा देशका उद्योग बन्द हुनुका साथै राजस्व र रोजगारी दुबै बन्द हुनेछ ।’ सरकारले यसलाई गम्भिर रुपमा लिएर हटाउनुपर्नेमा उनले जोड दिए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले सपञ्ज आइरनमा कर लगाउँदा पनि नेपालीको अर्वाैं रुपैयाँ डुब्ने समस्या आएको बताए । यदि सरकारले यस्ता प्रवृत्तिको अन्त्य नगरे सबै उद्योग बन्द हुने बताए । उनले दाल चामल उद्योगीले आन्दोलन गरे त्यसमा महासंघको पनि सहभागिता रहने बताए । ‘सरकार लगातार उद्योगहरुमाथि आईलागे अन्य उद्योग ब्यवसायीसँगै महासंघ पनि आन्दोलनमा उत्रनेछ,’ उनले भने ।

कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउँदा आयातित तयारी दाल गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल गेडागुडीसँग नेपाली उद्योगहरुले प्रतिस्पर्धा गर्न नसकी बन्द हुने अवस्थामा पुग्ने नेपाल दाल चालम उद्योग संघका अध्यक्ष कुमुद दुगडले बताए । ‘कच्चा दाल आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा स्वदेशी उद्योग चल्न सक्ने अवस्थामा रहँदैनन्,’ उनले भने, ‘अहिले नै मिलको कच्चा दाल र गेडागुडी आयातमा १० प्रतिशत भन्सार महसुल लागिरहेको छ अब कुल आयातको अतिरिक्त १० प्रतिशत अग्रिम आयकर भसारमै बुझाउने व्यवस्था गरेको छ ।’ यसले नेपालका उद्योग बन्द हुनुका साथै नेपालीको भान्छा समेत महंगिन पुग्नेछ ।

यस्तै नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुद दुगड पनि सरकारले तत्काल यस्तो निर्णय फिर्ता नलिए नेपालका उद्योगहरु धराशायी हुने बताए । नेपालका करिव ३५ अर्ब रुपैयाँ बराबरको लगानी भई ५ हजार बढीलाई रोजगारी दिईरहेको दाल उद्योगमा सरकारले गिद्धे नजर लगाउँदा स्वदेशी उद्योग सर्भाइभ नै हुन नसक्ने अवस्था आएको उनले बताए । स्वदेशी उद्योगहरुले १० प्रतिशतको आग्रिम आयकर थेग्न नसक्ने हुँदा उद्योगहरु बन्द हुने निश्चित भएको उनले बताए ।

यता कृषि उद्यम केन्द्रका सभापति डिवी बस्नेतले चाल तथा गेडागुडीमा लगाईएको अग्रिम करले व्यवसायीको व्यवसाय मात्र नभई नेपालीको भान्छामा पनि प्रत्यक्ष असर गरेको बताए । यसैले पनि यसलाई तत्काल फिर्ता लिनुपर्नेमा उनले जोड दिए । अग्रिम करका कारण देशमा खाद्यान्न संकट भएमा त्यसको दोषी सरकार हुनेछा

प्रतिक्रिया दिनुहोस्
MBL