Logo

व्यवसायीको मनोबल गिराएर सरकारले आफ्नो लक्ष्य पूरा गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल

व्यवसायीको मनोबल गिराएर सरकारले आफ्नो लक्ष्य पूरा गर्न सक्दैन : चेम्बर अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीको मनोवललाई गिराएर सरकारले आफ्ना लक्ष्य पूरा गर्न नसक्ने बताएका छन् ।

पछिल्लो समय सरकारले राजस्व संकलनको लक्ष्य ठुलो लिएपनि सोही अनुसार व्यवसायीको आत्मबलमा ठेस पुग्ने काम गरिरहेकाले यसले सरकारलाई नै घाटा हुने उनले बताए । उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा यस्तो बताएका हुन् ।

उनले आलुप्याजमा लागेको भ्याटका कारण व्यवसायीले नेपाली र विदेशी वस्तु छुट्याएर भाए यकिन गर्न नसकेकै कारण सरकारले दुख दिईरहेको कुरा सम्झिँदै भ्याट हटाएको कुरालाई लिएर स्वागत गरिएको बताए ।

‘नेपालमा भएको उत्पादन या भारतबाट आयात भएको भन्ने यकिन नहुँदा यसमा व्यवसायीले अप्ठ्यारो मानेका थिए,’ उनले भने, ‘आयात प्रतिश्थापन र निर्यात बढाउने कुराहरु स्वागतयोग्य छन् ।’

उनले सहकारीका संचालकबाट बचतकर्ताको भर्पाई गर्ने कुरामा केहि असहमति रहेको बताए । नक्कली भ्याट विल जारी गर्नेलाई कारबाही हुनुपर्नेमा जोड दिँदै उनले त्यो उद्योगसँग सम्बन्धितसबैलाई यसमा जोड्न नहुने बताए ।

स्रोतको अभिलेखीकरण हालसम्म नगरिएको बताउँदै उनले त्यस्तो सम्पत्तिको अभिलेखीकरण हुनुपर्ने र आयात हुने वस्तुको अनुगमन गरी भन्सार मूल्यांकन जारी हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL