Logo

बैशाखमा मात्रै सवा १५ अर्ब ८५ करोडको लगानी प्रस्ताव, १० महिनामा प्रस्तावित लगानी सवा २ अर्ब पुग्यो

बैशाखमा मात्रै सवा १५ अर्ब ८५ करोडको लगानी प्रस्ताव, १० महिनामा प्रस्तावित लगानी सवा २ अर्ब पुग्यो



काठमाडौं । गएको बैशाखमा मात्रै नेपालमा स्वदेशी लगानीकर्ताहरुले सवा १६ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् । उद्योग विभागसामु बैशाखमा मात्रै विभिन्न ३७ परियोजनामार्फत उक्त लगानी प्रस्ताव गरेका हुन् । खासगरी हरेक महिनाजसो करिव ८ देखि १० अर्ब रुपैयाँसम्मको मात्रै प्रस्ताव आउने नेपाली उद्योग क्षेत्रमा बैशाखमा भने १५ अर्ब ८५ करोड रुपैयाँ प्रस्तावित लगानी आएको हो ।

यसरी बैशाखमा मात्रै ठुलो संख्यामा लगानीको प्रस्ताव आउँदा चालु आर्थिक बर्षको १० महिना (साउन–बैशाखसम्म)मा १ खर्ब ८१ अर्ब रुपैयाँ बराबरका स्वदेशी लगानी प्रतिवद्धता आएको देखिन्छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाखसम्म ३ सय २४ स्वदेशी परियोजनामार्फत उक्त लगानी प्रतिवद्धता आएको हो । यते गत आर्थिक बर्षको यही अवधिको तुलनामा भने केहि कम हो । गत आर्थिक बर्षको यहि अवधिसम्म नेपालमा कुल १ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानीको प्रतिवद्धता आईसकेको थियो ।

चालु आवको यहि अवधिसम्म विदेशी लगानी प्रतिवद्धता भने ५३ अर्ब रुपैयाँ बराबर पुगेको छ । सरकारले विदेशी लगानीलाई आकर्षित गर्नका लागि आयोजना गरेको लगानी सम्मेलनका कारण बैशाखमा मात्रै १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

उद्योग विभागसामु स्वदेशी लगानीकर्ताले प्रस्ताव गरेको लगानीमध्ये ठुला ४, मझौला ७ र साना २७ परियोजनामार्फत उक्त लगानी भित्रिएको हो । यस्तै यसरी आएको लगानी प्रतिवद्धता कार्यान्वयन भएको अवस्थामा २ हजार ४ सय ६९ जनाले रोजगारी पाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL