Logo

आइएमई पे एपमार्फत आज हुने डर्टबाइक रेसिङ च्याम्पियनसिप सिरिजको फाइनलको टिकट किन्न पाइने

आइएमई पे एपमार्फत आज हुने डर्टबाइक रेसिङ च्याम्पियनसिप सिरिजको फाइनलको टिकट किन्न पाइने



काठमाडौँ । आज (जेठ ५ गते शनिवार) धुलिखेलमा हुन गइरहेको DTMX977 च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एप मार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।

एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् ।

उक्त डर्ट बाइक रेसिङ सगसगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारहरूको साङ्गीतिक प्रदर्शनी पनि रहेको छ ।

उक्त कार्यक्रममा बिभिन्न सांगितिक ब्यान्डहरू सँगै , मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारहरूले भरिएको एड्रेनालाईन-पम्पिङ दिनको निम्ती टिकटहरु आइएमई पे एपमा रु. ५०० मा खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL