Logo

हेटौंडा कपडा उद्योग संचालन गर्न समिति गठन, १५ दिनभित्र सुझाव पेश गर्न निर्देशन

हेटौंडा कपडा उद्योग संचालन गर्न समिति गठन, १५ दिनभित्र सुझाव पेश गर्न निर्देशन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः संचालन गर्ने भएको छ । उक्त उद्योग संचालनको लागि उद्योग मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ ।

मन्त्रालयले उद्योगको बस्तुस्थिती अध्ययनका लागि राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ८ सदस्यीय समितिको गठन गरेको छ । सो कमिटिलाई १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । समितिले उद्योग पुनः संचालनका लागि उपयुक्त मोडालिटी, प्रकृया, मेशिन र पूर्वाधारको अवस्था, उद्योगमा हुन सक्ने लगानीका विकल्पहरु र उद्योगबाट हुने उत्पादनको लागि बजारको सम्भाव्यता समेत सरकारलाई शिफारिस गर्ने छ ।

सो समितिमा अर्थ मन्त्रालयका सह सचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सह सचिव यमलाल भुषाल, नेपाली सेनाको प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि, सशस्त्र प्रहरीको प्रतिनिधि एवं निजी क्षेत्रबाट रामएकबल यादव, अजय मुडबरी र विना गौतम श्रेष्ठ रहेका छन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ साल देखि बन्द रहेकोछ । २०३५÷३६ देखि व्यवसायिक रुपमा उत्पादन शुरु गरेको यस उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस्