Logo

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशतको वृद्धि, यस्ता छन् अन्य सूचक

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशतको वृद्धि, यस्ता छन् अन्य सूचक



काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाफामा शतप्रतिशतको वृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको हो ।

कम्पनीका अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो । खुद बीमाशुल्क र आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १२३.९६ प्रतिशतले, कुल आम्दानी ९०.५८ प्रतिशतले, कुल दाबी भुक्तानी ९४.६१ प्रतिशत र कुल खर्च ८८.८१ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५७ पैसा बढेर १२ रुपैयाँ ४१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.१५ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL