Logo

चौधरीको सिजी फुड्समा अज्ञात समुहको आक्रमण, सरकार र विनोद चौधरी विरुद्ध गरेका थिए नाराबाजी

चौधरीको सिजी फुड्समा अज्ञात समुहको आक्रमण, सरकार र विनोद चौधरी विरुद्ध गरेका थिए नाराबाजी



काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा शुक्रबार अपरान्ह अज्ञात समूहले आक्रमण गरेका छन् । सिजी ग्रुपले सार्वजनिक गरेको विज्ञप्ति अनुसार शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि हातपात गर्दै भौतिक सम्पत्ती तोडफोड गरेको हो ।

फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेको विज्ञप्तिा उल्लेख छ ।

पार्कमा कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिएपछि उनीहरु पछि हटेको चौधरी ग्रुपले जानकारी दिएको छ । त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।

देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय रहेको चौधरी ग्रुपले जानकारी दिएको छ । घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कार्वाही गर्न नेपाल सरकारसमक्ष सिजीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्