Logo

साढे १२ करोड रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

साढे १२ करोड रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने



काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको १३२ औँ बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

तथापि, कम्पनीले आर्थिक वर्ष २०७९/७९ मा १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्ष ८ करोड ७४ लाख रुपैयाँ नोक्सान बेहोरेको कम्पनीका लागि यो वर्ष आकर्षक नाफा भएको छ । तर पनि खराब आर्थिक स्थितिलाई देखाउँदै कम्पनीले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

आर्थिक वर्षमा कम्पनीले खुद बीमा लेख मार्फत १७ खर्ब ३९ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ भने सोही अवधिमा यता ४० करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

२०८० असार मसान्तसम्म कुल चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुगेकोमा कम्पनीको जीवन बीमा कोष १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्