Logo

सभामुखलाई सीआईबीको जानकारी, विनोद चौधरीमाथि बाँसबारी जग्गा किर्तेमा छानविन भैरहेको छ

सभामुखलाई सीआईबीको जानकारी, विनोद चौधरीमाथि बाँसबारी जग्गा किर्तेमा छानविन भैरहेको छ



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विनोद चौधरीमाथि छानविन भईरहको जानकारी गराएको छ ।

सीआइबीले बुधबार एक पत्र लेख्दै सभामुख घिमिरेलाई विनोद चौधरीमाथि बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा बयान लिने काम भईरहेको भन्दै जानकारी गराएको हो ।

यसअघि विनोद चौधरीका भाई अरुण चौधरीलाई पक्राउ गरी छानविन गरिसकेको सीआइबीले विनोद चौधरीलाई पनि अनुसन्धानको दायरामा ल्याएको हो ।

सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा तत्कालिन च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक सेयरधनी तथा तत्कालीन संचालक समिति सदस्यसमेत रहेका चौधरीलाई अनुसन्धान गर्न लागेको सीआइबीले पठाएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्