Logo

व्यवसायी भन्छन्, प्लाष्टिक झोला उत्पादन रोकिन्न, बरु सरकारलाई नै विकल्प दिन्छौं

व्यवसायी भन्छन्, प्लाष्टिक झोला उत्पादन रोकिन्न, बरु सरकारलाई नै विकल्प दिन्छौं


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले नेपाललाई प्लाष्टिक झोला मुक्त बनाउने निर्णय गरेपनि व्यवसायीले त्यसलाई विफल बनाइदिएका छन् । सरकारले व्यवसायीलाई कुनै पनि विकल्प नदिई जर्वजस्ती बन्द गर्न लागेकाले आफुहरु त्यसको विरोधमा उत्रनु परेको नेपाल प्लाष्टिक उद्योग संघका अध्यक्ष शरद शर्माले बताए ।

शर्माका अनुसार हाल सम्पूर्ण व्यवसायीले प्लाष्टिक झोला उत्पादन गर्नुका साथै बजारमा विक्री वितरण गर्दै आएका छन् । सरकारले हचुवाँको भरमा कम्पनी बन्द गराउने निर्णय गर्दैमा त्यसलाई व्यवसायीले नमान्ने उनको तर्क छ । ‘सरकारले व्यवसायीलाई विकल्प नै नदिई प्लाष्टिक झोला बन्द गर्न दिर्नेशन दिएको छ,’ उनले भने, ‘सरकारले विना अध्ययन एकतर्फी निर्णय गर्दैमा व्यवसायीहरु मान्न बाध्यकारी छैनन् ।’

सरकारले प्लाष्टिकले गर्दा वातावरण तथा मानवीय स्वास्थ्यमा असर परेको भन्दै प्लाष्टिक झोला उत्पादन गर्ने उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर, व्यवसायीहरुले भने सरकारलाई वातावरण तथा मानवीय स्वास्थ्यमा असर पर्ने खालको विकल्प दिन लागेको शर्माले जानकारी दिए । ‘प्लाष्टिक झोला आफैले असर गर्ने होइन त्यसलाई जथाभावी फालेमा वा जलाएमा असर गर्ने हो,’ उनले भने, ‘आगामी दिनमा सरकारको स्थानीय निकायले फ्याकिएका झोला जम्मा गरेर ल्याएमा व्यवसायीले उचित मुल्य दिएर खरिद गर्ने छ ।’ जसको लागि आज एक पत्रकार सम्मेलन गरेरै सरकारलाई विकल्प दिन लागेको उनले जानकारी दिए ।

शर्मामा अनुसार नेपालमा ४ सयभन्दा प्लाष्टिक उद्योगहरु संचालनमा छन् । ती उद्योगमा झण्डै ३० अर्ब रुपैयाँ लगानी भैसकेको छ भने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा २५ हजार जनाभन्दा बढीले रोजगारी पाइरहेको उनको भनाइ छ । साथै सरकारले झोला प्रतिवन्ध लगाउदा व्यवसायीको लगानीका साथै मजदूरको समेत ग्यारेन्टी लिनुपर्ने उनको तर्क छ ।

सरकारले काठमाडौंमा प्लाष्टिका झोला उत्पादनमा रोक लगाएसँगै हाल सामान आयातकर्ताले सामानसँगै प्लाष्टिक झोला पनि आयात गर्न थालेका छन् । उनीहरुले सामानको वाक्साभित्रै आवश्यक प्लाष्टिकको झोला ल्याउने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । सरकार नेपाली उद्योगलाई जर्वजस्ती बन्द गराएर विदेशी उत्पादन खरिद गर्न तर्फ उन्मुख भएको समेत व्यवसायीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
MBL