Logo

शौर्य सिमेन्ट र स्काई होल्डिङ्गको आयोजनामा ‘कन्ट्रयाक्टर मिट’ सम्पन्न

शौर्य सिमेन्ट र स्काई होल्डिङ्गको आयोजनामा ‘कन्ट्रयाक्टर मिट’ सम्पन्न



काठमाडौं । शौर्य सिमेन्ट ई. लिमिटेड एवम् स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ । भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामाग्रीको छनौट, बिक्री वितरण, प्रविधि मैत्री निर्माण सामाग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा कार्यक्रमले जोड दिएको छ ।

उक्त कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परिक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवम् शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यवसायिक उत्तरदायित्वका कार्यहरुको पनि जानकारी गरिएको थियो । कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायतले भक्तपुरका बासिन्दाहरुलाई सुपथ मूल्यका साथै सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुप सँग साझेदारी गरिएको जानकारी दिए ।

कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरुद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीद्वारा राखिएको थियो । शौर्य सिमेन्ट ईन्डष्ट्रिज लिमिटेड सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टको उत्पादन क्षमता ४५०० मेट्रिक टन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL