Logo

आइक्यानको यूएस च्याप्टरमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा ज्योतिराज अधिकारी

आइक्यानको यूएस च्याप्टरमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा ज्योतिराज अधिकारी



काठमाडौ । आईक्यान यूएस शाखामा नयाँ कार्यसमिति चयन भएको छ । आईक्यान यूएस शाखाको डिसेम्बर १६ मा सम्पन्न पाँचौं महाधिवेशनले ज्योतिराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अमेरिकामा बसोबास गर्ने इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आईक्यान) का सदस्यहरुले स्थापना गरेको यूएस शाखाले नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नव गठित ९ सदस्यीय समितिमा उपाध्यक्षमा कुन्दन कर्ण, पूर्व अध्यक्ष टीका आचार्य, सचिव डिल्लीप्रसाद थपलिया, कोषाध्यक्ष शर्मिला प्रजापति चयन भएका छन् । यसैगरि कार्यसमितिमा नारायण बराल, लक्ष्मण भण्डारी, एक्ज्युकेटिभ सर्जेन्टस एट आर्म्स संगीता कडरिया र गौरव रिजाल चयन भएका छन् । आईक्यान यूएस च्याप्टर सन २०१८ मार्च २४ मा स्थापना भएको थियो । च्याप्टरले संयुक्त राज्य अमेरिकामा आइक्यानको लागि सम्पर्कको रूपमा काम गर्दछ।

च्याप्टरले आफ्नो उद्देश्य अनुसार जनवरी १४ मा अमेरिकी रोजगार बजारमा नेपाली लेखा पेशेवरहरूका लागि चुनौतीहरूलाई सम्बोधन गर्दै एक सफल वेबिनार सञ्चालन गरेको थियो ।

यूएस च्याप्टरले नियमित कार्यकारी बैठकहरू, शैक्षिक कार्यक्रमहरू, आइक्सयान र अन्य नेपाली संस्थाहरूसँगको सम्पर्क, र सकारात्मक नेटवर्किङ वातावरण सिर्जना गर्ने रणनीतिक लक्ष्यहरू तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL