Logo

भाटभटेनीको मेगा कार्निभल, शारदा राजवाहकले जितिन् कार

भाटभटेनीको मेगा कार्निभल, शारदा राजवाहकले जितिन् कार



काठमाडौँ। भाटभटेनी मेगा कार्निभलको विजेता घोषणा गरिएको छ । शुक्रबार एक विशेष समारोहका बीच विजेता घोषणा गरिएको हो । जसअनुसार भक्तपुरको मध्यपुर ठिमीकी शारदा राजवाहकले टाटाको टिगोर कार जितेकी छन् । भाटभटेनी सुपरमार्केटले गत अक्टोबर १४ देखि डिसेम्बर ३१ सम्म मेगा कार्निभल आयोजना गरेको थियो ।

अफरअनुसार दुई हजार ५०० भन्दा बढीको सामान खरिद गर्नेहरू लक्की ड्रमा सहभागी हुने अवसर दिइएको थियो । कार्निभलमा १८ लाखभन्दा बढी सहभागी र १८ लाख चिठ्ठामध्ये राजवहाकले कार जितेकी हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले ड्र टिपेका थिए भने मिस नेपाल २०२३ श्रेच्छा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले विजेता घोषणा गरेका थिए ।

यसैगरी गुड ग्लाम ग्रुप विजेतामा अनामनगरका अजय रौनियार, टोखाका सुमित तामाङ र भक्तपुरकी मिठु सत्याल भए भने वासिङ मेसिन विजेतामा कलंक स्टोरका सक्षम मगर, कोटेश्वर स्टोरकी विष्णु माया कड्का, भक्तपुर स्टोरका सोभित थापा र टंगाल स्टोरकी ज्याती प्रजापती भए ।

प्रतिक्रिया दिनुहोस्
MBL