Logo

आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा सम्पन्न, संचालक समितिमा श्रेष्ठ निर्वाचित

आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा सम्पन्न, संचालक समितिमा श्रेष्ठ निर्वाचित



काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र विशेष प्रस्ताव पारित गरेको छ । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

सभाले आर्थिक वर्ष.२०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्