Logo

भूकम्पपीडितलाई सिटिजन लाइफ इन्स्योरेन्सद्वारा न्यानो कपडा वितरण

भूकम्पपीडितलाई सिटिजन लाइफ इन्स्योरेन्सद्वारा न्यानो कपडा वितरण



काठमाडौँ । जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामिडाडालाई केन्द्रबिन्दु बनाइ कार्तिक १७ गते राती गएको भूकम्पबाट प्रभावित बारेकोट गाउँपालिकाको वडा नम्बर -४ जिरिमा, सिटिजन लाइफ इन्स्येरेन्स कम्पनीले राहत सामाग्री र न्यानो कपडा वितरण गरेको छ ।

बारेकोट गाउँपालिका-४ जिरिका भगवती माध्यमिक विद्यालय र नौमुले प्राथमिक विद्यालयका कुल ४७९ विद्यार्थीहरूलाई ज्याकेट, टोपी र हाइनेक वितरण गरेको हो ।

जाजरकोट र जुम्लाको सिमाना पर्ने हिमालको काखैमा रहेको उक्त दुई विद्यालयको प्राङ्गणमा पुगी कम्पनीका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारी, जाजरकोट शाखा प्रमुख गोविन्दबहादुर बुढा, एजेन्सी म्यानेजर पदम बहादुर बुढा र भवानी शाहीको उपस्थितिमा वडा नम्बर ४ का वडाध्यक्ष विष्णुबहादुर रावत, बारेकोट गाउँपालिका शिक्षा शाखा प्रतिनिधि सुरेन्द्र पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर रावत लगायतको सहभागितामा राहत सामाग्री वितरण गरिएको थियो। सो अवसरमा कम्पनीले बीमा सचेतना पनि प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL