Logo

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीबिच छुटसम्बन्धी सम्झौता

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीबिच छुटसम्बन्धी सम्झौता



काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसंग आफ्ना हितग्राहीलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ ।

बुधबार गरिएको उक्त सम्झौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्र्तगतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा कैफे आदिमा सेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २०% छुट अफर पाउने भएका छन् ।

प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्र्फमेशन तथा परिचय पत्र देखाई देखाउनु पर्नेछ । कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL