Logo

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांस घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांस घोषणा, बोनस र नगद कति ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ । कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरि जम्मा ५.२६२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL