Logo

६ बर्षपछि घट्यो आयात, निर्यात ५ बर्ष अघिको अवस्थामा फर्कियो

६ बर्षपछि घट्यो आयात, निर्यात ५ बर्ष अघिको अवस्थामा फर्कियो


रक्षा रेग्मी
27
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय बार्षिक रुपमा बढ्दै गएको आयात गत आर्थिक बर्षमा भने ओरालो लागेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । आर्थिक बर्ष २०७२ /७३ मा नेपालको कुल आयात ७ खर्व ७४ अर्व ७१ करोड रुपैयाँमा सिमित भएको छ । जुन आव २०७१ /७२ को तुलनामा कम हो । अघिल्लो आवमा नेपालमा ७ खर्व ८६ अर्व २ करोड रुपैयाँबराबरको वस्तु भित्रिएका थिए । तथ्याङ्क अनुसार ६ वर्षपछि आयात घटेको हो ।

export_impore_figure

लामो समयको भारतीय नाकाबन्दीका कारण आयातमा गिरावट आएको हो । नाकाबन्दीले तेलको अभाव र भन्सारमा अवरोध हुँदा सामान आयातमा कमी आएको हो । नेपालमा ६ बर्ष यता वस्तुको आयात क्रमश बढ्दै गएपनि गत आवमा भने घटेको हो ।

तथ्यांक अनुसार आर्थिक बर्ष २०६७/६८ मा नेपालमा ३ खर्व ९० अर्व ३ करोड रुपैयाँ को वस्तु आयात भएको थियो । जुन क्रमश बढ्दै २०६९ /७० मा ६ खर्व १३ अर्व ६ करोड रुपैयाँ पुगेको थियो । त्यस्तै आवा २०७०/ ७१ मा नेपालमा ७ खर्व १६ अर्व १ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएका थिए ।

त्यसो त नाकाबन्दी र भुकम्पको प्रभाव नेपालबाट निर्यात हुने बस्तुमा पनि परेको देखिन्छ । गत आवमा नेपालबाट ७० अर्व २५ करोड रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात भएको थियो । अघिल्लो आवमा रु. ८५ अर्व २ करोडको वस्तु निर्यात भएको तथ्यांकले देखाएको छ । गत आवमा नेपाली उत्पादनको निर्यात आर्थिक बर्ष २०६८ /६९ को भन्दा पनि कम भएको तथ्याङ्कले देखाएको छ । ६८ /६९ मा ७२ अर्व रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । तर अन्य आवमा भने निर्यात क्रमशः बढेको देखिन्छ ।

नेपालमा विशेषगरी पेट्रोलियम पदार्थ, सुन, सवारीसाधन तथा यसका पाटपूर्जा ,फलाम स्टिलल तथा खाद्यान्नको आयात बढी हुदै आएको छ । साथै, निर्यातमा भने कार्पेट, टेक्सटायल, चिया कफी, अलैची, फालामलगायत वस्तुको हिस्सा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्