Logo

नागरिक लगानी कोषको नागरिक पेन्सन योजना, न्यूनतम ५०० बुझाउन सकिने

नागरिक लगानी कोषको नागरिक पेन्सन योजना, न्यूनतम ५०० बुझाउन सकिने



काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गरेको छ । कोषले आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था एवम् प्रतिष्ठानमा कार्यरत कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवसिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने बताएको छ ।

यस योजनामा सहभागी हुने बचतकर्ताहरूले न्यूनतम ५०० रूपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सकिनेछ । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा जम्मा गर्न सकिने भनाई कोषको छ । यस्तो किस्ता बुझाउँदा मासिक ५०० रूपैयाँभन्दा कम हुन नहुने कोषले प्रष्ट पारेको छ ।

यस योजनामा सहभागी बचतकर्ताहरूले उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुण्ठ भुक्तानी लिन वा पेन्सको रुपमा भुक्तानी लिन समेत सक्नेछन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक तथा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ता जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । सहभागीले गरेको बचत, त्यसको व्याज, कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् ।

सहभागी बचतकर्ताले जम्मा गर्नुपर्ने रक कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा विद्युतिय भुक्तानीमार्फत जम्मा गर्न सक्नेछन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरे पछि सोको जानकारी कोषलाई दिनुपर्नेछ ।

कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकम प्रति कोषको कुनै दायित्व रहने छैन् । कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताले नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नुपर्नेछ । रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL