Logo

चौधरी ग्रुपको सीजी सिमेन्टमा स्थानीयको तालाबन्दी, प्रदुषण नियन्त्रणमा ध्यान नदिएपछि बढ्यो आक्रोश

चौधरी ग्रुपको सीजी सिमेन्टमा स्थानीयको तालाबन्दी, प्रदुषण नियन्त्रणमा ध्यान नदिएपछि बढ्यो आक्रोश



काठमाडौं । पाल्पामा रहेको चौधरी ग्रुपको सीजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । आफ्नो क्षेत्रमा वायुप्रदुषण नियन्त्रणमा कम्पनीले उचित ध्यान नदिएको भन्दै स्थानीयले शनिबारदेखि उद्योगमा तालावन्दी गरिदिएका हुन् । उक्त उद्योग पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा अवस्थित छ । यसअघि एकपटक अत्याधिक वायुप्रदुषण गरेको भन्दै यस्तो वायुप्रदुषण नियन्त्रणका उपाय खोजी समाधान गर्न भन्दै एक समिति नै गठन गरिएको थियो ।

त्यसपश्चात प्रदुषण नियन्त्रणका लागि छिटफुट काम भएपनि पछि त्यसले निरन्तरता पाएन र पुनः प्रदुषण बढेपछि स्थानीय आक्रोशित भएर उद्योगमा तालावन्दी गरेको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गद भट्टराईले बताए । उनका अनुसार यसअघि उक्त उद्योगले धुलोधूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोप लाग्दै आएको थियो । त्यसको समाधानका लागि समिति गठन गरेर प्रदुषण नियन्त्रणको काम पनि केहि समयसम्म भएको थियो । तर, पुनः उद्योगबाट त्यस्तै प्रदुषण बढेको उनको भनाई छ ।

शनिबार लगाइएको ताला खुलाउन रैनादेवी छहरा गाउँपालिका २ का वडाअध्यक्ष दानबहादुर पौडेल, स्थानीय बासिन्दा र कम्पनीका प्रतिनिधिबीच छलफल भइरहे पनि हालसम्म उक्त्त बिषयमा सहमति भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्