Logo

भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याईँदै, व्यापारीसँग आवेदन माग

भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याईँदै, व्यापारीसँग आवेदन माग



काठमाडौं । सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । नेपालमा अपुग हुँदै आएको चिनी नेपालले आयात कोटाअन्तर्गत व्यापारीका माध्यमबाट उक्त चिनी आयात गर्न लागेको हो ।

उद्योग विभागले बिहीबार एक सूचना जारी गर्दै कच्चा पदार्थको रुपमा चिनी आयात गर्न चाहने उद्योगीसँग आवेदन माग गरेकाे छ । जसमा चिनी ल्याउन ईच्छुक व्यापारीले बार्षिक कारोबारको विवरण, आयात गर्न ईच्छुक परिमाण, उद्योग संचालनमा रहे/नरहेको एकिनलगायत जानकारी दिनुपर्नेछ ।

यसरी आयात गर्नका लागि आवेदन बुझाउँदा न्युनतम २ हजार ६ सय मेट्रिकटनको सीमा निर्धारण गरिएको छ ।
केहि समयअघि नेपाल सरकारले अनुरोध गरेबमोजिम नेपाललाई कोटा अन्तर्गत चिनी दिन भारत सरकार तयार भएको थियो । जसमा नेपालले २५ हजार मेट्रिकटन चिनी पाउने उल्लेख थियो ।

भारतले दिने यो चिनी नेशनल को अपरेटिभ, एक्स्पोर्ट लिमिटेड ईन्डीयाले नेपाललाई उपलब्ध गराउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL