Logo

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल चयन, केन्द्रिय बैंकमा २२ वर्षभन्दा बढी कामको अनुभव

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल चयन, केन्द्रिय बैंकमा २२ वर्षभन्दा बढी कामको अनुभव



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

पौडेलले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पौडेलसँग केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL