Logo

इसेवाको लिंक अकाउन्टबाट कारोबार गर्दा प्रनिशले जिते एक लाख, शपिङ भौचर हस्तान्तरण

इसेवाको लिंक अकाउन्टबाट कारोबार गर्दा प्रनिशले जिते एक लाख, शपिङ भौचर हस्तान्तरण



काठमाडौं । इसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले एक लाख रुपैयाँको शपिङ भौचर जित्न सफल भएका छन् । यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये प्रनिश अधिकारी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभ मार्फत भाग्यशाली विजेता घोषित भएका हुन् ।

विजेता अधिकारीलाई मंगलबार नै उक्त शपिङ भौचर हस्तान्तरण गरिएको छ । इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता प्रनिश अधिकारीलाई उक्त शपिङ भौचर हस्तान्तरण गरे । विजेता प्रनिश अधिकारीले इसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जित्न सफल भएका थिए ।

शपिङ भौचर हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि इसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक तथा सहकारीको खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL