Logo

इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२ प्रतिशत लाभांश पारित

इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न, ८.४२ प्रतिशत लाभांश पारित



काठमाडौं । काठमाडौं इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारण आज शुक्रबार सम्पन्न भएको छ ।

सभाले ८.४२ प्रतिशतले हुने रकम ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सभाले विभिन्न प्रस्तावसहित कम्पनीको गत आर्थिक वर्ष २०७९र०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्थापित उक्त कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्