Logo

सिटिजन लाइफ इन्स्योरेन्सले जित्यो बेस्ट स्ट्राजेजिस् फर इन्स्योरेन्स स्प्रडिङ अवार्ड

सिटिजन लाइफ इन्स्योरेन्सले जित्यो बेस्ट स्ट्राजेजिस् फर इन्स्योरेन्स स्प्रडिङ अवार्ड



काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डको चौथो संस्करणमा बेस्ट स्ट्राजेजिस् फर इन्स्योरेन्स स्प्रडिङ अवार्ड जितेको छ।

नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु-याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरु मध्येबाट उत्कृष्टहरुलाई इण्डियन चेम्बर अफ कमर्सले बिगत ४ वर्ष देखि यो अवार्ड दिँदै आएको छ । मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उक्त अवार्ड ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL