Logo

यी हुन पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना, २०३० सम्म ८ हजार मेवा उत्पादन

यी हुन पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना, २०३० सम्म ८ हजार मेवा उत्पादन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । २०३० सम्म नेपालमा थप ८ हजार ३ सय ५० विद्युत उत्पादनको लक्ष्य अनुसार जलविद्युत आयोजना निर्माण शुरु गरिएको छ । नेपाललाई २०२२ सम्म लोडसेडिङमुक्त बनाउने तथा २०३० मा विकाशोन्मुख राष्ट्रमा परिणत गर्ने उद्देश्य अनुरुप यी आयोजनाको निर्माण शुरु गरिएको हो ।

सो अवधिसम्म नेपालमा ठूला १३ ओटा विद्युतीय आयोजना निर्माण हुने भएका छन् । यी आयोजनाहरुको विद्युत उत्पादन क्षमता १ सय ११ मेगावाटदेखि ३ हजार ३ सय ६० मेवासम्म रहेका छन् । जसमध्ये २०१८ सम्म ४ सय ५६ मेगावाटको अपर तामाकोसी, १ सय ११ मेगावाटको रसुवागढी र १ सय २ मेवा मध्य भोटेकोसी निर्माण हुने प्रक्षेपण गरिएको छ । त्यस्तै तामाकोसी २ सय २७ मेवा २०२२ सम्म निर्माण हुने छ ।

यता २०२३ मा निर्माण सम्पन्न हुने जलविद्युत आयोजनाहरुमा अपर कर्णाली, अपर अरुण ३ सय ३५ रहेका छन् । त्यस्तै २ सय २८ दुधकोसी, १ हजार २ सय बुढीगण्डकी, ४ सय १० मेवा नल्सिंगढ, ७ सय ५० पश्चिम सेती, ६ सय ५० तामाकोसी तेस्रो र माथिल्लो त्रिशुली २ सय १६ मेवा २०२५ सम्म निर्माण गर्ने लक्ष्य अनुसार काम शुरु भएको छ ।

हालसम्मकै ठूलो आयोजनाको रुपमा रहेको पञ्चेश्वर जलविद्युत आयोजना भने २०३० सम्ममा निर्माण सम्पन्न गरिने प्रक्षेपण गरिएको छ । सो आयोजनाबाट ३ हजार ३ सय ६० मेवा विद्युत उत्पादन हुने छ ।

mejor projects of hydro

प्रतिक्रिया दिनुहोस्
MBL