Logo

डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले नगद १० लाख पाउने

डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले नगद १० लाख पाउने



काठमाडौँ । ‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुने तय भएको छ । लक्की ड्र मार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनौट हुने कम्पनीले जानकारी दिएको हो ।

गत असोज १ देखि मंसिर ११ गते दिउँसो १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्ने कम्पनीको भनाइ छ । यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बनि नगद रु दश लाख पाउनेछन् । यस्तै मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउने कम्पनीको भनाइ छ ।

यसअघि हरेक हप्ता सुपरस्टार बनि नगद रु एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा भइसकेको छ । डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिने कम्पनीले प्रेस नोटमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL