Logo

विपद्पीडित समुदायका लागि युनिलिभर नेपालको एक करोड सहयोग, उद्धार कोषमा हस्तान्तरण

विपद्पीडित समुदायका लागि युनिलिभर नेपालको एक करोड सहयोग, उद्धार कोषमा हस्तान्तरण



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ । कम्पनीले एक करोड रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको हो ।

जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पका कारण प्रभावित बनेकाहरूका लागि उक्त सहयोग गरेको कम्पनीले जनाएको छ । भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री समेत कम्पनीले पुर्‍याएको थियो ।

सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनको लागि कोषमा एक करोड रुपैयाँ योगदान गरेको कम्पनीले जनाएको छ । उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL