Logo

दैनिक ६० हजार जुत्ताचप्पल उत्पादन गर्दै किरण शु, ३५ हजार जुत्ता २५ हजार चप्पल

दैनिक ६० हजार जुत्ताचप्पल उत्पादन गर्दै किरण शु, ३५ हजार जुत्ता २५ हजार चप्पल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । किरण सुज मेनुफेक्चरर्सले दैनिक रुपमा ६० हजार जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । युनिभर्सल ग्रूप अन्तरगतको नेपालकै ठूलो जुत्ता उद्योगले ३५ हजार जोर गोल्ड स्टार जुत्ता र २५ हजार जोर हात्तीछाप चप्पल उत्पादन गर्दै आएको कम्पनीका प्रमुख बजार व्यवस्थापक गणेश कार्कीले बताए ।

किरण सुज मेनुफेक्चरर्स र मोर्डन स्लिपर इन्डस्ट्री प्रालिको आयोजनामा पोखरामा आयोजित ‘डिलर मिट’ मा उनले सो कुरा बताएका हुन् । देशभरबाट ६४ वटा अधिकृत विक्रेताहरुको सहभागिता रहेको सो कार्यक्रममा उनले कम्पनीबाट उत्पादित गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पल हरेक नेपालीको पहिलो रोजाई बन्न सफल भएको दावी गरे ।

कार्यक्रममा माँ भद«काली भवानी स्टोर्सलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । यसैगरी अन्य बिधावाट उत्कृष्ट हुने डिलरहरुलाई समेत सम्मानित गरिएको छ । सम्मानित हुनेमा गोल्डस्टार सुजतर्फ पौडेल सुसेन्टर इटहरी, जयअम्वे स्टोर वीरगञ्ज, दिब्य लक्ष्मी स्टोर बुटवल, सुरज इन्पोरियम महेन्द्रनगर, अधिकारी ब्रदर्श बिजनेस प्रालि काठमाडौ, आशीर्वाद इम्पेक्स पोखरा, वनेपा चप्पल पसल बनेपा, आर एन डब्लु स्टोर वनेपा र रञ्जित सु सेन्टर पोखरा उत्कृष्ट बनेका छन् ।

हात्तीछाप चप्पलतर्फ उत्कृष्ट डिलरहरुमा पौडेल सु सेन्टर इटहरी, गौरीशंकर फेन्सी स्टोर्स सुर्खेत, शुभलक्ष्मी टे«ड सेन्टर, सुभास रेडिमेड सेन्टर, न्यु सिद्धवावा इन्टरनेश्नल, प्रयाग टे«डर्स काठमाडौ, केशव फेन्सी भैरहवा, करिम बुट हाउस लाहान र अधिकारी ब्रदर्स बिजनेस प्रालिलाई सम्मान गरिएको थियो ।

उक्त कम्पनीले नेपाल सहित दक्षिण एसिया सहित अरबीयन राष्ट्रहरुमा समेत निर्यात गर्ने गरेको छ । सो कम्पनी निर्यात क्षेत्रमा उत्कृष्ट कम्पनी भएकाले नेपाल चेम्बर अफ कमर्सले बिगत ७ बर्षदेखि निरन्तर सर्वाधिक निर्यात गर्ने कम्पनिको रुपमा सम्मान गर्दै आएको छ ।

बिगत ३६ बर्षदेखि जुत्ता चप्पल उत्पादन गर्दै आएको सो कम्पनीले आगामी दिनमा अझै ग्राहकको मन जित्दै जाने कम्पनीका मानव संसाधन प्रमुख सुरेन्द्र निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL