Logo

प्रभु महालक्ष्मी लाइफले भुकम्पपीडितलाई गर्यो १० लाख सहयोग, राहत उद्धार कोषमा जम्मा

प्रभु महालक्ष्मी लाइफले भुकम्पपीडितलाई गर्यो १० लाख सहयोग, राहत उद्धार कोषमा जम्मा



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई १० लाख रुपैयाँ सहयोग गरेको हो ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

उक्त रकम बिहीबार प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL