Logo

शौर्य सिमेन्टद्वारा ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ को आयोजना, बिजेताले ७५,००० प्राप्त गर्ने

शौर्य सिमेन्टद्वारा ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ को आयोजना, बिजेताले ७५,००० प्राप्त गर्ने



काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०“ ल्याएको छ ।

यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिलाहरू सहभागी हुन सक्नेछन् । प्रतियोगिता ३ बिभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगी महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट र फेसबुक पेजको QR Code Scan गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी Whatsapp नं. ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्नेछन् । यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका र नपामार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेको छ ।

फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नुपर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्धोग भित्र नै संचालन हुने छ ।

अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्योगको भित्तामा मिथिला चित्रकला बनाउनुपर्ने । उनीहरुले बनाएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृतसमेत गरिने कम्पनीले जनाएको छ ।

यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई रु. ७५,००० , दोस्रो स्थान प्राप्त गर्नेलाई रु ५०,०००, तेस्रो स्थान प्राप्त गर्नेलाई रु २५,००० का साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई रु ५,००० उपलब्ध गराउने कमपनीको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्