Logo

सूर्य नेपाल प्रालिले भूकम्पपीडितका लागि दियो १ करोड ४० लाख सहयोग

सूर्य नेपाल प्रालिले भूकम्पपीडितका लागि दियो १ करोड ४० लाख सहयोग



काठमाडौंं । सूर्य नेपाल प्रालिले आफ्नो व्यवसायिक सामाजिक दायित्वअन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्र्थापनामा मद्दत पुर्याउन रु.१ करोड ४० लाख सहयोग गरेको छ ।

रु.१ करोड रुपैँया प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी आजै कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसि, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलिले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले थप रु.३५ लाख बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ र साथै रु.५ लाख बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपाल प्रा.लि.ले आधिकारीक जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL