Logo

अन्तरराष्ट्रिय बजारमा २ हजार डलर नाघ्यो सुनको मूल्य, नेपालमा प्रतिदिन नयाँ रेकर्ड

अन्तरराष्ट्रिय बजारमा २ हजार डलर नाघ्यो सुनको मूल्य, नेपालमा प्रतिदिन नयाँ रेकर्ड



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार डलर नाघेको छ । मध्यपूर्वको ईजरायलमा देखिएको तनावका कारण सुनको बजार नै सिफ्ट हुँदा पछिल्लो समय सुनको मूल्य लगातार उकालो लागिरहेको छ ।

यसको प्रत्यक्ष असर नेपालमा पनि देखिँदा शुक्रबार मात्रै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको थियो । यसअघि कार्तिक ३ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

खासगरी गाजामाथी ईजरायलले लगातार बढाएको स्थल सैन्य हमलाका कारण विश्वभरको हरेकवस्तुको मूल्यमा असर गरेको छ । यो सैन्य हमलाका कारण नै सबै विकसित देशहरु युद्धमा होमिनसक्ने सर्वसाधारणको अनुमानले विश्व बजार नै प्रभावित हुन गएको अन्तरराष्ट्रिय संचारमाध्यम फाईनान्सीयल टाईमले उल्लेख गरेको छ ।

यसैका कारण शनिबार मात्रै विश्व बजारमा सुनको मूल्य प्रतिऔंस २००६ को विन्दुमा पुगेको छ । यसअघि एकहप्ता अघि मात्रै विश्व बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ७८ आसपास कारोबार भईरहेको थियो । यसरी एक हप्ताकै अवधिमा विश्व बजारमा सुनको मूल्य प्रतिऔंस २८ डलरले बढिसकेको छ । यस्तै यसै अवधिमा डलरको मूल्य पनि कमजोर हुँदा सुनको मूल्यमा असर परेको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्