Logo

कोकाकोलाले ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियान पुनः सुरु गर्दै, दसैँ र तिहारलाई प्रतिनिधित्व लेबल राखिने

कोकाकोलाले ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियान पुनः सुरु गर्दै, दसैँ र तिहारलाई प्रतिनिधित्व लेबल राखिने



काठमाडौँ । कोकाकोला नेपालले दसैँ र तिहारका लागि आफ्नो लोकप्रिय ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानलाई पुनः सुरु गर्दैछ।

अभियानमा यही धारणालाई जोड दिन नेपालमा दसैँ र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिनेछ।

दुईवटा लेबलमा रहेका कलाकृतिले दसैँमा टीका लगाउने, तिहारमा दियो बाल्ने र देउसी भैलो खेलेर मनाउने जस्ता गतिविधिहरू समेटेको छ। उक्त लेबलहरू कोकाकोला १ लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरूमा उपलब्ध हुनेछन् ।

कोकाकोला बेभरेज नेपालका म्यानेजिङ्ग डाईरेक्टर, जी. दीपक सेन्थिल नाथले भने, ‘कोका—कोला ५० वर्षदेखि नेपाली समाज र उत्सवको एक हिस्सा रहेको छ जसमाथि हामी धेरै गर्व गर्दछौँ । कोकाकोलासँग मानिसहरूलाई एकजुट बनाउन प्रतिबद्ध छौँ। हामी आशा गर्दछौँ कि ‘सम्बन्ध उत्सव स्वाद सँग’ अभियानले यो दसैँ र तिहारलाई नेपालभरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्
MBL