Logo

सार्क सीसीआईका अध्यक्ष वैद्यले सुनाए सय दिने प्रगति, औद्योगिक ग्राम बनाउनेदेखि उद्यमी सम्मानको तयारी

सार्क सीसीआईका अध्यक्ष वैद्यले सुनाए सय दिने प्रगति, औद्योगिक ग्राम बनाउनेदेखि उद्यमी सम्मानको तयारी


बिजखबर संवाददाता
27
Shares

सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज (सार्क सीसीआई)का अध्यक्ष सुरज वैद्यले आफ्नो सय दिन प्रगति सुनाएका छन् । काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन गरेर उनले आफूले नेतृत्व सम्हालनेपछि सार्क सीसीआईले गरेका काम तथा भावि योजना सुनाएका हुन् ।

सार्क सीसीआईको गत चैत १ गते काठमाडौंमा सम्पन्न कार्यक्रमले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं औद्योगिक व्यवसायिक घराना वैद्यज अर्गनाइजेशनका प्रेसिडेन्ट वैद्यलाई अध्यक्षमा चयन गरेको थियो । वैद्य सहित नेपालको तर्फबाट उपाध्यक्षमा महासंघको शहरी विकास समितिका सभापति श्री ओम बहादुर राजभण्डारी तथा कार्यकारि सदस्यहरुमा चन्द्र प्रसाद ढकाल, ज्ञानेन्द्रलाल प्रधान, रीता भण्डारी, शाहिल अग्रवाल, सौर्य राणा, राजेन्द्रमान शेरचन, आरवी रौनियार र प्रमिला रिजाल छन् ।

saarc cci logo bizkhabar

उनले आफूले नेतृत्व लिएयता सार्क सीसीआईको लोगो परिमार्जन गरेको, सार्क औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अघि सारेको, सार्कमा शान्ति स्थापना तथा लगानीको अनुकुल वातावरण बनाउन पहल गरेको, सार्कमा क्षेत्रीय व्यापार वृद्धिका लागि पहल गरेकोलगायत जानकारी दिए ।

उनले दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरुमा सार्क औद्योगिक ग्राम बनाउन प्रक्रिया थालेको सुनाए । यसका लागि सम्बन्धीत मुलुकसँग जग्गा लिने प्रक्रिया अघि बढेकोउनले जानकारी द्यिए । अफगानीस्तान र पाकिस्तानले जग्गा उपलब्ध गराउन सहमती गरिसकेको र भुटान र बंगलादेशले प्रतिवद्धता जनाएको उनले बताए । नेपालले भने खास चासो नदिएको उनले जानकारी दिए । सार्क औद्योगिक ग्रामकको सञ्चालन तथा व्यवस्थापन पनि सार्क सीसीआईले नै गर्ने उनले बताए ।

उनले स्मार्ट ग्रीन भिलेजको विकास, सीइओ फोरमको स्थापना, क्षेत्रीयस्तरमा यूवा उद्यमशीलताको विकास गर्ने आफ्ना प्रमुख कार्ययोजनाहरु रहेको बताए । त्यस्तै, उनले सार्क सीसीआईले विभिन्न चार विधामा दक्षिण एसियाका उद्यमीहरुलाई सम्मान गर्ने भएको जानकारी दिए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरु बीच निजी क्षेत्रका माध्यमबाट आर्थिक व्यवसायिक सम्बन्ध तथा लगानी विस्तार, यस क्षेत्रमा आइपर्ने समस्या समाधानमा निजी क्षेत्रका माध्यमबाट सरकारहरुलाई सहयोग गर्न तथा आर्थिक विकासका माध्यमबाट यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले गठित यो संस्थाको नेपालबाट अध्यक्षता गर्ने वैद्य दोश्रो व्यक्ति हु् । यस अघि महासंघका पूर्व अध्यक्ष पद्य ज्योतिले संघको नेतृत्व सम्महालेका थिए ।

प्रतिक्रिया दिनुहोस्