Logo

फूडमाण्डुको ‘बडा दशैं बाइट्स’ क्याम्पेन, २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट

फूडमाण्डुको ‘बडा दशैं बाइट्स’ क्याम्पेन, २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट



काठमाडौँ । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ।
फूडमाण्डुका अनुसार यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत ‘बडा दशैं बाइट्स’ मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ ।
दोस्रो अफर अन्तर्गत ‘बडा दशैं कम्बो बाइट्स’ मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरूमा ५०प्रतिशत सम्मको डिस्काउन्ट पाउन सकिने सो फूड डेलिभरी कम्पनीले जानकारी दिएको छ ।

क्याम्पेनबारे बोल्दै फूडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनशा भट्टराईले यस अभियानमार्फत हाम्रा ग्राहकहरूसँग दशैं मनाउन आफूहरू उत्साहित भएको बताइन्‌ । यी विशेष अफरहरूले ग्राहकहरूकोे यस उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउने र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्ने विश्वास आफूले गरेको उनको भनाई छ ।

यो अभियान कार्तिक २ गतेसम्म चल्ने छ । यी अफरहरूबाट फाइदा उठाउन फूडमान्डुुको वेबसाइटमा वा फूडमान्डुुको एप डाउनलोड गरेर फूड अर्डर गर्न सकिने सो कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL