Logo

आजबाट प्लाष्टिक झोला मुक्त नेपाल, सरकारको निर्णय नमान्ने व्यवसायीको घोषणा

आजबाट प्लाष्टिक झोला मुक्त नेपाल, सरकारको निर्णय नमान्ने व्यवसायीको घोषणा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्लाष्टिक झोला उत्पादकहरुले सरकारी निर्णय नमान्ने भएका छन् । सरकारले आजबाट नेपाललाई प्लाष्टिक झोला मुक्त घोषणा गरेपनि आफुहरुले उत्पादन नरोक्ने नेपाल प्लाष्टिक उद्योग संघका अध्यक्ष शरद शर्माले बताए । ‘हालसम्म पनि वातावरण मन्त्रालयले बनाएको प्लाष्टिक झोला निर्देशिका कार्यान्वयनमै छ,’ उनले भने, ‘हामीले सोही दिर्नेशिका अन्तरगत उद्योग दर्ता गरेका हौं भने सोही निर्देशिक भित्र रहेर प्लाष्टिक झोला उत्पादन गर्ने छौं ।’

सरकारले हचुवाँको भरमा कम्पनी बन्द गराउने निर्णय गर्दैमा त्यसलाई व्यवसायीले नमान्ने उनको तर्क छ । ‘सरकारले व्यवसायीलाई विकल्प नै नदिई प्लाष्टिक झोला बन्द गराएको छ,’ उनले भने, ‘सरकारको एकतर्फी निर्णय मान्न बाध्यकारी छैनौं ।’ यदि सरकारले आफू खुशी प्लाष्टिक तथा पोली प्रोपीलिन झोला उत्पादन तथा विक्री वितरण र आयात निर्यातमा रोक लगाउने हो भने हाल संचालनमा रहेको व्यवसायीका सम्पूर्ण उद्योगहरु बजार मूल्य अनुसार किन्नु पर्ने उनको माग छ ।

शर्मामा अनुसार नेपालमा ४ सयभन्दा प्लाष्टिक उद्योगहरु संचालनमा छन् । ती उद्योगमा झण्डै ३० अर्ब रुपैयाँ लगानी भैसकेको छ भने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा २५ हजार जनाभन्दा बढीले रोजगारी पाइरहेका छन् । साथै सरकारले झोला प्रतिवन्ध लगाउदा व्यवसायीको लगानीका साथै मजदूरको रोजगारीको समेत ग्यारेन्टी लिनुपर्ने उनको तर्क छ ।

सरकारले बजेट वक्तव्यमार्फत प्लाष्टिक तथा पोली प्रोपीलिन झोला उत्पादन तथा विक्री वितरण र आयात निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । वातावरण मन्त्रालयले सुचना प्रकाशित गरी आजबाट उत्पादन तथा आयात निर्यात दुवै बन्द गर्न निर्देशन दिएको छ । यदि सूचनाको व्यवास्ता गरी काम गरेको पाहिएमा कानून बमोजिम कडा कारवाही गरिने समेत मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त निर्णयसँगै निर्यातको लागि आवश्यक प्याकेजिङ सामग्री पाउन समेत कठिन हुने देखिएको छ ।

सरकारले काठमाडौंमा प्लाष्टिका झोला उत्पादनमा रोक लगाएसँगै हाल सामान आयातकर्ताले सामानसँगै प्लाष्टिक झोला पनि आयात गर्न थालेका छन् । उनीहरुले सामानको वाक्साभित्रै आवश्यक प्लाष्टिकको झोला ल्याउने गरेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । ‘सरकार नेपाली उद्योगलाई जर्वजस्ती बन्द गराउन लागेको छ,’ उलने भने, ‘तर, विदेशबाट खुलम्खुला आयात भइरहेको छ ।’ साथै, सरकारको यस्तो निर्णय खुला अर्थतन्त्रको विपरित भएको समेत उनको आरोप छ ।

 

plastic_bag

प्रतिक्रिया दिनुहोस्
MBL