Logo

भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने, सम्झौतामा हस्ताक्षर

भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने, सम्झौतामा हस्ताक्षर



काठमाडौँ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ । बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बिच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सम्झौता भएको हो ।

सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबसका तर्फबाट निर्दृेशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरे । सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स् मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिनेछ । यात्रुहरूले भाइबरबाटै सहजै टिकट बुकिङ गर्न सक्नेछन् ।

सम्झौता कार्यक्रममा बससेवाका प्रमुख कार्यकारी पि.आर खनालले भने, ‘हामीले जहिले पनि यात्रुहरुलाई सहज हुने गरि सेवा प्रदान गर्दै आएका छौँँ । यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL