Logo

अशोक लेल्याण्डका जेनरेटरको पनि आधिकारिक वितरक बन्यो आइएमई मोटर्स, अब विद्युतीय गाडी पनि बेच्ने

अशोक लेल्याण्डका जेनरेटरको पनि आधिकारिक वितरक बन्यो आइएमई मोटर्स, अब विद्युतीय गाडी पनि बेच्ने



काठमाडौँ । आइएमई मोटर्स नेपालमा स्वीच मोविलिटिका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको विक्री वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ ।

अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवको अवसरमा भारतको चेन्नेईमा आयोजित एक कार्यक्रमबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा स्वीच मोविलिटिका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन् । अशोक लेल्याण्डका अध्यक्ष धिरज हिन्दूजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका छन ।

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सीडरी कम्पनी स्वीच मोविलिटिले विद्युतीय सवारी साधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधनहरु उत्पादन तथा वितरण सुरु गरेको छ ।

यो कम्पनी सन् २०२० मा अशोक लेल्याण्डको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL