काठमाडौं । वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड सुपरस्टार आयुष्मान खुराना नियुक्त भएका छन् । चौधरी समूहको सिजी कर्प ग्लोबल अन्तर्गतको वाइवाइ इन्डियाले बलिउड स्टार आयुष्मान खुरानालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको गरेको हो ।
वाइवाइ चाउचाउ २५ वर्षदेखि लोकप्रिय छ । आयुष्मान खुरानासँगको सहकार्य प्रमुख प्राथमिकतामा राखेको र छोटो समयमा सहकार्यलाई मूर्तरुप दिन सकेका सिजी फुड्स र सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बताए ।
वाइवाइ जस्तो ब्रान्डसँग जोडिन पाउँदा आफूले भाग्यमानी महसुस गरेको खुरानाले बताएका छन् । यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको उनको भनाइ छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउहरूको सजावटबाट, ब्रान्ड आफ्नो नाममा रहने उनले बताए । वाइवाइले कोरियन स्पाइसी कुजिनको रुपमा डाइनामाइट ब्राण्डको चाउचाउ पनि बिक्री गरिरहेको छ ।