Logo

तीजको अबसरमा गरिमा क्यापिटलद्वारा “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना

तीजको अबसरमा गरिमा क्यापिटलद्वारा “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना



काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको जानकारी गराएको छ ।

गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको व्यहोरा अनुरोध गरेको छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि तपसिल बमोजिम नियम तथा सर्तहरु लागू हुनेछनः

१. इच्छुक सम्पूर्ण महानुभावहरुले यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ ।Citizen Life Island Landing Page

२. सहभागीहरुले परम्परागत पोशाकमा लिनुभएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “Mentions” मा पोष्ट गर्नुपर्नेछ ।

३. फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछः

GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited

४. सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी प्रथमलाई ३००० रुपैंया, दोस्रोलाई २००० रुपैंया र तृतीयलाई १००० रुपैंया नगद उपहार प्रदान गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्