Logo

यी हुन १ अर्व भन्दा बढी निर्यात १२ हुने बस्तु, १३ प्रतिशत हिस्सा ऊलन कार्पेटको

यी हुन १ अर्व भन्दा बढी निर्यात १२ हुने बस्तु, १३ प्रतिशत हिस्सा ऊलन कार्पेटको


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । आर्थिक बर्ष २०७१/७२ को ११ महिनामा नेपालबाट ६० अर्व रुपैयाँको निर्यात भएको छ । नेपालबाट विशेषगरी अलैची, प्रशोधित छाला, उनी गलैचा लगायतको निर्यात बढी छ । यी बस्तुहरु भारत ,चीन र तेस्रो मुलुकतर्फ निर्यात हुँदै आएको छ ।

व्यापार निकासी तथा प्रवद्र्धन केन्द्र (टिइपीसी)को हालै सार्वजनिक तथ्यांक अनुसार नेपालबाट चालु आवको ११ महिनामा १२ ओटा बस्तुको निर्यात १ अर्व भन्दा बढी छ । त्यसमध्ये सो अवधिमा सवैभन्दा बढी ७ अर्व ३० करोड रुपैयाँ बराबरकोे उलन कार्पेट निर्यात भएको छ । ऊलन कार्पेट विशेषगरी चीन र अन्य तेस्रो मुलुकतर्फ निर्यात हुँदै आएको छ । त्यस्तै सो अवधिमा ५ अर्व १९ करोड बराबरको तयारी पोसाक निर्यात भएको छ ।

समीक्षा अवधिमा ४ अर्व २७ करोड ७९ लाख रुपैयाँ बराबरको धागो निर्यात भएको छ । त्यसैगरी ४ अर्व २७ करोड २५ लाख रुपैयाँको अलैँची र ४ अर्व २ करोड १८ लाख रुपैयाँको फलाम तथा स्टिलका उत्पादन निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै नेपालबाट ३ अर्व २ करोड २३ लाखको टेक्सटायल तथा २ अर्व ७२ करोड ३८ लाख रुपैयाँको जुस निर्यात भएको छ ।

तथ्यांक अनुसार सो अवधिमा १ अर्व ५८ करोड ७० लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । १ अर्व ३७ करोड ८० लाख रुपैयाँको एसिड, १ अर्व १२ करोड २० लाख रुपैयाँको फेल्ट, १ अर्व ६६ करोड ७७ लाख रुपैयाँको जुटको झोला निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

तर, सो अवधिमा नेपालको निर्यात ३ दशमलव ९ प्रतिशतले घटेको छ । भारतीय नाकाबन्दी तथा भुकम्पको असर निर्यातमा गिरावट आएको हो । चालु आवको ११ महिनामा नेपालबाट ६० अर्व ८२ करोड ४६ लाखको निर्यात भएको छ । जुन गत आवको तुलनामा १९ अर्ब रुपैयाँले कम हो । गत आवको सो अवधिमा नेपालबाट ७९ अर्व १० करोड ३६ लाखको निर्यात भएको थियो ।

कुल बस्तु निर्यातमध्ये यस बर्ष भारततर्फको निर्यात घटेको छ । भारततर्फको निर्यात ३३ प्रतिशतले घटेको छ । त्यस्तै, चीनतर्फको निर्यात ३० प्रतिशतले घटेको छ भने अमेरिका, वेलायत तथा टर्कीतर्फको निर्यात भने बढेको छ ।

त्यस्तै, प्रशोधित छाला, ऊनी, गलैँचा, हस्तकलाका सामग्री चीनतर्फ निर्यात हुँदै आएको छ । अन्य मुलुकतर्फ पस्मिना, तयारी पोसाक, चिया, चाँदीका गहनालगायतको निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्