Logo

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जेक्युटिभ मिट २०८० कार्यक्रम सम्पन्न, ५० भन्दा धेरै डिलरको सहभागिता

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जेक्युटिभ मिट २०८० कार्यक्रम सम्पन्न, ५० भन्दा धेरै डिलरको सहभागिता



काठमाडौँ । नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर सेल्स एक्जेक्युतिभ मिट सम्पन्न गरेको छ । पोखरामा आयोजित सो कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युतिभहरुको उत्साहजनक सहभागिता थियो।

कम्पनीका अनुसार ब्रान्डको भ्यालु र बिक्रि बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबै भन्दा धेरै हुन्छ । नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सेल्स टिमको स्तरउन्नतिलाई ध्यानमा राखी थुप्रै पहल र कार्यक्रमहरु संचालनमा ल्याई राखेको र यो डिलर सेल्स एक्जेक्युतिभ मिट २०८० ती कार्यक्रममध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ । सो मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो ।

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईले भने, ‘हाम्रो सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो हो । एक प्रशिक्षित सेल्स एक्जेक्युतिभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ । यसले हाम्रो ब्रान्ड भ्यालु र बिक्री बढाउन मद्दत गर्नेछ । यो मित हाम्रो सेल्स टिमलाई अझै बलियो बनाउनको लागि सम्पन्न भएको हो ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

प्रतिक्रिया दिनुहोस्
MBL