Logo

लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा अध्यक्ष सूर्यप्रसाद सिलवालले नवनियुक्त अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

यसै अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरूलाई निर्देशन समेत दिए ।

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL