Logo

शिवम् सिमेन्ट लिमिटेडले पायो अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड

शिवम् सिमेन्ट लिमिटेडले पायो अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड



काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड प्राप्त गरेको छ । भाद्र ८ गते काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजित सेल्स समिटमा सिमेन्टले उक्त अवार्ड प्राप्त गरेको हो । यस्तै शिवम् सिमेन्ट्स लिमिटेडका भाइस प्रोशिडेन्ट निखिल अग्रवाल सोही अवसरमा इन्डिभिजुअल एक्सेलेन्स अवार्डबाट सम्मानित भए ।

यस भन्दा पहिला पनि शिवम् सिमेन्ट सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो । त्यस्तै बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड पनि प्राप्त गरेको थियो ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवमले राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL